'नेपाल भ्रमण वर्ष २०२०' सफल बनाउन ‘भिजिट मधेश नेपाल–२०२०’ काे घोषणा

 पुस २३, २०७६ बुधबार १२:५३:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – 'नेपाल भ्रमण वर्ष २०२०' लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ काे घोषणा गरिएको छ । नेपाल भ्रमणका लागि आएका विदेशी पाहुनालाई मधेश भ्रमण गराउने उद्देश्यका साथ याे कार्यक्रम घोषणा गरिएको हो । 

भिजिट मधेश नेपालले मङ्गलबार आयोजना गरेकाे पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र 'भिजिट मधेश' नामको मोबाइल एपको पनि सुरुवात गरिएको छ ।  तराई मधेशको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई थप आकर्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

तराई र मधेशका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेश नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा वितरण गरिएकाे विज्ञप्तिमा भनिएको छ, ‘तराई–मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै अगाडि बढिरहेको छ ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया