प्रदेश-३ काे राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न संसद सचिवालयको सूचना

 पुस २५, २०७६ शुक्रबार २०:१८:५१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - संसद सचिवालयले प्रदेश नम्बर-३ को राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव दर्ता गर्नका लागि सूचना जारी गरेको छ । सचिवालयका तर्फबाट सभामुख सानुकुमार श्रेष्ठले नाम र राजधानीसम्बन्धी सूचना जारी गर्नुभएको हो ।

सूचना जारी भएसँगै नेकपाले राजधानी हेटौँडा र नाम वाग्मतीमा दर्ता गराउने तयारी गरेको छ । नेकपाको संसदीय दलको बैठकको निर्णय अनुसार संसदमा नाम वाग्मती र राजधानी हेटौँडामा दर्ता गर्न लागेको हो । 

सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि २०७६ को अनुसूची–१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि २०७६ को अनुसूची–१ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गर्नुभएको हो । 

सभामुखले शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव गर्न प्रदेशसभा सदस्यहरुलाई सूचना गर्नुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • Nishan Bhandari

    Jan. 11, 2020, 9:21 a.m.

    प्रदेश ३ को राजधानी हेटौडा वा जहाँसुकै आफ्नो खुसीले राख्नुस तर भोली पर्सी भोट नेकपा र काङ्ग्रेसमा मा हाल नभन्नुस हामी पनि भोट आफ्नो खुसीले अरु चुनाव चिन्ह मा दिनेछौ

  •  0 Reply

तपाईको प्रतिक्रिया