प्रदेश ३ काे नाम वाग्मती, राजधानी हेटाैँडा

 पुष २७, २०७६ आइतबार १२:५४:७ | हरि हुमागाईं
unn.prixa.net

काठमाण्डाै – प्रदेश नम्बर ३ को स्थायी राजधानी मकवानपुरको हेटौँडा र प्रदेशको नाम वाग्मती तय भएको छ । 

प्रदेश सभाको आइतबारकाे बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेश सभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा १ सय ५ मत र काभ्रेको धुलिखेल बनाउनुपर्ने पक्षमा तीन मत मात्र खसेपछि राजधानी हेटौँडा पक्का भएको हो ।

यसअघि धुलिखेलको लागि भएको मतदानमा १०१ विपक्षमा र काभ्रेको पक्षमा ३ मत आएको थियो । 

प्रदेश सभामा १३ जिल्लाः मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरी १ सय १० जना प्रदेश सभा सदस्य रहेका छन् ।

पहिलो हुने निर्वाचनबाट निर्वाचितबाट ६६ जना, समानुपातिकबाट ४४ जना, दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, काङ्ग्रेसबाट २२ जना, विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा संयुक्तबाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ ।

यस्तै प्रदेशको नाम वाग्मती राख्ने पक्षमा सबै मत खसेको छ । १ सय १० सदस्यीय प्रदेश सभामा एक जना अनुपस्थित रहेको र सभामुखले मतदान नगरेकाले १ सय ८ मत खसेको थियो । प्रदेशकाे नामको विषयमा कुनै पनि सांसदले विमति नजनाइकन समर्थन गरेका थिए ।

विसं २०७४ माघ १८ गते पहिलो बैठक बसेको प्रदेशले प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेशले नाम र स्थायी राजधानी प्राप्त गरेको हो । 

यससँगै नाम र स्थायी राजधानी राख्ने प्रदेशको सङ्ख्या चार पुगेको छ । अझै प्रदेश नम्बर १, २, र ५ ले आफ्नो नाम र स्थायी राजनीति तोक्न सकेका छैनन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया