हप्ताकाे पहिलाे दिन सुनकाे भाउ बढ्याे

 पुस २७, २०७६ आइतबार १३:२०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ ।

सुन आइतबार तोलामा चार सय रुपैयाँ बढेर तोलाको ७५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएकाे शुक्रबार तोलामा ९ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार ६ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ आइतबार तोलामा ५ रुपैयाँले बढेको छ ।

चाँदी आइतबार तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया