बिना मुचुल्का दिलिपकुमार महतोकाे शव उठाउने प्रहरी निरीक्षक जिल्ला तानिए

 पुस २७, २०७६ आइतबार १९:५९:२९ | सुभाष कर्ण
unn.prixa.net

धनुषा- टिपरले किचेर हत्या गरिएका धनुषा मिथिला नगरपालिका -५ श्रीपुरका ओमप्रकाश भनिने दिलिपकुमार महत्ताेको शव बिना मुचुल्का उठाएको भन्दै विवादमा तानिएका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिएका छन् ।  

घटनालाई ढाकछोप गर्न शव बिना मुचुल्का पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल पठाएको भन्दै स्थानीयले यादवमाथि लगाएको आरोपको अनुसन्धानका लागी उनलाई जिल्ला झिकाइएको हो ।

चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्का बिना नै शव उठाएको आराेप स्थानीयहरुले लगाएपछि यादव विवादमा तानिनु भएकाे हाे । शुक्रबार बिहान अवैध उत्खननको विरोध गर्दा कुटपिट गरी दिलिपकुमार महताेकाे हत्या गरेर घटनालाई दुर्घटनामा परिणत गर्न टिपरले किचिएको थियो ।

 जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले भने विवादका कारण भन्दा पनि आन्तरिक कारणले जिल्ला ल्याइएको बताउनु भयाे ।

प्रहरी उपरीक्षक बस्नेतले बिना मुचुल्काको शव किन उठाइयो भन्ने विवाद तिर भन्दा पनि घटनाको अनुसन्धानप्रति केन्द्रित हुनुपर्ने जवाफ दिनुभएको थियो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादव राजपाका नेता राजकिशोर यादवका भाई रहेका कारण उनले राजनीतिक संरक्षणका आधारमा लाभ उठाइरहेकाे आराेप स्थानीय लगाएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया