कलेज बसको ठक्करबाट धनुषामा दुई जनाकाे ज्यान गयाे

 पुस २९, २०७६ मंगलबार २०:८:३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - जनकपुरधाममा रहेकाे मोडल मल्टिपल कलेजको बसको ठक्करबाट दुई युवकको ज्यान गएको छ ।

मंगलबार बेलुका पूर्वपश्चिम राजमार्गको जनकपुर ढल्केबर सडकखण्डमा धनुषाको लक्ष्मिनियाँ र सपहीको बीचमा कलेजको ज १ क २८२ नम्बरको बसले ज १० प ३५३५ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएकाे हो । ढल्केबरबाट जनकपुरतर्फ गइरहेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएकाे थियो ।

माेटरसाइकलमा रहेका दुवैको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ज्यान गुमाउनेमा पालिका-७ पर्सापकडियाका २५ वर्षीय सन्तोष ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राइन रहेका छन् ।

घटनापटि यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ भने स्थानीयहरु सडक अवराेध गरी विरोध प्रदर्शनमा उत्रिएका छन् । तनावकाे अवस्थालाइ नियन्त्रणमा लिन यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया