यूएईको आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटना, ६ नेपाली घाइते

 माघ २, २०७६ बिहिबार १५:७:५६ | उमाकान्त पाण्डे

यूएई – आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटनाहुँदा पाँच जनाको ज्यान गएको छ । 

यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किंदा नेपाली श्रमिकको पनि ज्यान गएको तर थप विवरण आउन बाँकी रहेको नेपाली दूतावास यूएईले जनाएको छ । दुर्घटनामा ६ नेपाली घाइते भएका छन् । 

‘बसमा रहेका २४ श्रमिकमध्ये १६ जना नेपाली श्रमिक रहेको तर कति जनाको ज्यान गएको छ कति घाइते छन् भनेर हामी तथ्याँक संकलन गरिरहेका छौं,’ नेपाली दूतावास आबुधाबीकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धितालले भन्नुभयो । 

घाइतेको आबुधाबीस्थित एनएमसी, माफ्रक लगायतका अस्पतालमा उपचार भइरहेको छ । 

नेपाली श्रमिक पनि भएको जानकारी पाएलगत्तै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका स्थानीय कर्मचारी आबुधाबीका विभिन्न अस्पतालमा पुगेका छन् । 

बसमा नेपालीसहित अफ्रिका, श्रीलङ्का लगायतका श्रमिक थिए । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया