अभद्र व्यवहार गरेको भन्दै आस्था राउतविरुद्ध प्रहरी जवान श्रेष्ठकाे उजुरी

 माघ ३, २०७६ शुक्रबार १५:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिनुभएको छ । 

विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ। 

श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजरी दिनुभएको हो । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । 

झापाको भद्रपुर जाने क्रममा त्रिभुवन विमानस्थलमा ड्युटीमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको भन्दै राउत आक्रोशित बनेकी थिइन् ।आस्था राउतले भिडियो लाइभपछि फेसबुकमा पोस्ट लेख्दै आफू आवेगमा आएको र प्रशासनले व्यवहारमा सुधार गर्नु पर्ने बताएकी थिइन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया