भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
धनुषा - राष्ट्रिय सभा सदस्यका लागि माघ ९ गते हुने चुनावमा प्रदेश २ बाट राष्ट्रिय जनता पार्टी नेपालले उठाएकाे उम्मेदवार शेखर सिंहकाे उम्मेदवारी खारेजीकाे माग गर्दै उजुरी परेकाे छ ।
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार भाेला पंजियारले सप्तरी तिलाठी कोइलाडीका सिंहकाे विरुद्द उजुरी दिनुभएकाे हाे ।
सिंह अदालतबाट कुटपिट मुद्दामा दुई वर्षको कैद सजाय सुनाइएका व्यक्ति रहेकाे भन्दै उनकाे उम्मेदवारी खारेज गर्न माग गर्दै पंजियारले निर्वाचन अधिकृत राजुकुमार खतिवडा समक्ष उजुरी दर्ता गराएका हुन् ।
उजुरी पत्रमा जिल्ला अदालतबाट २०४४ असार ३० गतेका दिन सिंह विरुद्ध कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएको उल्लेख छ । अदालतले सुनाएकाे सजाय सिंहले हालसम्म भुक्तान नगरेकाे उजुरीमा दाबी गरिएकाे छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १२ बमोजिम कैदमा बसेको अवधिसम्म उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
याे व्यवस्था अनुसार राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका सिंहले हालसम्म कैद सजाय भुक्तान नगरेकोले उम्मेदवार हुन नपाउने भनी उम्मेदवारी खारेज भागी हुने माग उजुरी पत्रमा छ ।
सिंहविरुद्ध कुटपिट मुद्दामा जिल्ला अदालतको आदेश पश्चात २०५६ पुष १ गते तत्कालीन सगरमाथा अञ्चल अदालतबाटसमेत पुनरावलोकनको निस्सा नहुने भन्ने फैसला भएकाे थियाे ।
अदालतले कैद सजाय सुनाएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न चासाे नदिएकाे पनि उजुरीमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।