शिक्षक नियुक्तिमा अनियमितता गरेकाे आराेपमा दैलेखका तीन जना पक्राउ

 माघ ९, २०७६ बिहीबार २०:४१:० | अमर सुनार
unn.prixa.net

दैलेख - शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनालाई पक्राउ गरेको छ । 

आयाेगले डुङ्गेश्वर गाउँपालिका-५ मा रहेको पिपलचौतारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित ३ जनालाई पक्राउ गरेको हो।

पालिकाका वडासदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  शाहीसहित शिक्षक पदमा छनौट भएका घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई नियन्त्रणमा लिइएको आयोगको सुर्खेतमा रहेकाे कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समिति संयोजक शाहीले निम्न माध्यमिक विद्यालय तहको सामाजिक विषय शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता गरेको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएको आयाेगले जनाएको छ । 

परीक्षा सञ्चालन हुनु अगावै पास गराउन चाहेको परीक्षार्थीलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुञ्जिका पठाएर शिक्षक छनोट गरेको भन्ने उजुरी एवं सूचनाको आधारमा सुर्खेतबाट अनुसन्धान हुँदा अख्तियार दुरुपयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको आयाेग जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया