शनिबार काठमाण्डौका यी ठाउँमा ९ घण्टा बत्ती जाने

 माघ १७, २०७६ शुक्रबार १५:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार काठमाण्डौका विभिन्न ठाउँमा ९ घण्टा बत्ती जाने भएको छ । 

चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले महाराजग‌ञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा बत्ती जाने भएको हो । 

बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती शट डाउन हुने लिमिटेडले जनाएको छ । यस फिडर अन्तर्गत बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गो‌ंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा बत्ती जाने भएको छ  ।

काम निर्धारित समय अवागै सकिएको खण्डमा भने ४ बजेभन्दा अगाडि नै बत्ती आउनसक्ने लिमिटेडले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया