परिस्थितिका कारण राजनीतिमा आएको हुँ : डा सिके राउत

 माघ १८, २०७६ शनिबार २०:४०:४६ | रासस
unn.prixa.net

सप्तरी - जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफू परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा सक्रिय भएको बताउनुभएको छ ।

पार्टीले शनिबार सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको आमसभामा अध्यक्ष डा राउतले भन्नुभयो,‘म कुनै रहरले राजनीतिमा आएको होइन, मधेशको परिस्थितिका कारण आएको हुँ ।’

मधेशका समस्याहरु अहिले पनि ज्यूँका त्यूँ’ रहेकाले राजनीतिबिना विकास र मधेशको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा प्रवेश गरेको डा राउतको भनाइ थियो ।

समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको गठन गरिएको उहाँले बताउनुभयो । 

मधेश आन्दोलनको नाममा ५४ जनालाई शहीद गराएर आफूलाई मधेश केन्द्रित दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोपसमेत उहाँले लगाउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया