राेकिराखेकाे टिप्परमा माेटरसाइकल ठाेक्किँदा चालककाे ज्यान गयाे

 माघ १९, २०७६ आइतबार ७:४८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाैकाे कलङ्की नजिकै खसी बजारमा रोकिराखेको टिप्परमा माेटरसाइकल ठाेक्किँदा चालकको ज्यान गएको छ ।

ट्राफिक प्रहरीले जाँचका लागि रोकेको टिप्परमा मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार राति १० बजे बा ४ ख ३६६९ नम्बरको टिप्परमा बा ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका बस्नेतको बल्खुको वयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले टिप्पर चालकलाई पक्राउ गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया