इलाम र बझाङमा आज उपचुनाव : मतदानमा सहभागी हुन आयोगको अपिल
बैशाख १५, २०८१ शनिबार
संखुवासभा - खाँदबारी नगरपालिका–४, पाङ्मामा ट्र्याक्टरको पछाडिको भागले चेप्दा चालकको ज्यान गएको छ ।
खोटाङ जिल्ला सुंदेल घर भएका २३ वर्षीय ट्याक्टर चालक उचित राईको ट्याक्टरले चेप्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो ।
गुडाउँदै गरेको ट्याक्टरको दाहिने चक्कामा समस्या आएपछि रोकेर चक्का फेर्ने क्रममा राईलाई ट्याक्टरको पछिल्लो भागले चेपेको निरीक्षक राईकाे भनाइ छ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।