युक्रेनमा प्रहार गरेको अस्त्र आणविक हतियार बोक्न सक्षम छ : रुस
मंसिर ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोक – जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले कोरोनाको जस्तो लक्षण देखिएको भए पनि सामान्य भाइरल मात्रै भएको हुन सक्ने बताउनुभयो । तर यसबारे आफूहरुले अध्ययन गरिरहेको र गाउँमा चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताउनुभयो ।
उहाँका अनुसार गाउँमा कोही आएको या नआएको बारे थप बुझ्न लगाएको र अध्ययन भइरहेको छ ।
त्यस क्षेत्रमा देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मी परिचालन गरिएको छ । बिरामीमध्ये १० जना निको भएको र केहीको उपचार भइरहेको प्रमुख चापागाइँले बताउनुभयो ।
गाउँमा एक सय ५० जनामा रुघाखोकी र ज्वरोको प्रकोप देखिएकोमा एक जना सिकिस्त रहेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । त्यहाँ गएकाे तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको र गुम्बागाउँमा दुई जना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि र अरु सामग्री पुगेको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यहाँको स्वास्थ्य समस्याबारे अध्ययन गर्ने काम भइरहेको जनाएको छ । बिहान मन्त्रालयमा गाउँपालिकाको पत्रबारे छलफल भएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ ।
लक्षण मिले पनि कोरोना हुन सक्ने सम्भावना निकै कम रहेकाले नआत्तिन पनि सचिवालयले सबैसँग आग्रह गरेको छ । चीनसँग सीमा जोडिएकाे भए पनि त्यहाँ दुई महिनादेखि नाका बन्द भएकाले चीनबाट मानिस आउने सम्भावना नै नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।