नेपालका पहिलो शहीद लखन थापाको १ सय ४३औँ स्मृति दिवस मनाइँदै

 फागुन २, २०७६ शुक्रबार १०:४४:२७ | किरण लोहनी
unn.prixa.net

काठमाण्डाै – आज नेपालका पहिलो शहीद लखन थापाको १ सय ४३औँ स्मृति दिवस ।

थापाको जन्मस्थल गोरखाको शहीद लखन गाउँपालिका ८ काे बुङ्काेटमा विभिन्न कार्यक्रम गरिँदैछ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि सहभागिता रहनेछ ।

विसं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुङ्कोटको काहुले भङ्गारमा थापा र उहाँका सहकर्मी जैसिं चूमी मगरलाई फाँसी दिएका थिए ।

थापालाई नेपाल सरकारले २०७२ साल असोज ३ गते नेपालको पहिलो शहीद भएको मान्यता दिएको हो । दिवसका अवसरमा शहीद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Chirag Rana magar

    Feb. 14, 2020, 1:30 p.m.

    जैसीँ हैन जय सिहं चुमी मगर लेख्ननुस

  •  0 Reply

तपाईको प्रतिक्रिया