क्यान इन्फोटेको पाँचौँ दिन : शिक्षामन्त्रीदेखि मिस नेपालसम्मले गरे अवलोकन

 फागुन ६, २०७६ मंगलबार १९:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा चलिरहेको ‘क्यान इन्फोटेक २०२०’ को पाँचौ दिन पुग्दा पनि अवलोकनकर्ताको घुइँचो घटेको छैन ।

बुधबारसम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवा, सेक्युरिटी, अनलाइन पेमेन्ट, ई–कमर्स, अनलाइन लर्निङ सफ्टवेयर लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।

त्यस्तै युवा उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिहरुले पनि अवलोकनकर्ताको ध्यान तानिरहेका छन् । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरुमा पनि मंगलबार अवलोकनकर्ताको निकै भिड देखिन्थ्यो । 

इन्फोटेक मेलाकै क्रममा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनी समेत गरिएको छ । सोमबारदेखि रोबोवार्स, आक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतिस्पर्धा सञ्चालन भइरहेको क्यान महासंघका महासचिव नारायणबहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तै ई–स्पोर्टस च्याम्पियनसिप अन्तर्गत मंगलबार डोटा टु तथा सीएस गो खेलको सेमिफाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । बुधबार उत्कृष्ट दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।

यसैबीच इन्फोटेक मेलामा विशिष्ट व्यक्तिहरुले समेत पुग्ने क्रम जारी छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ  शर्मा, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, मिस नेपाल २०१० सदीक्षा श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरुले मेला अवलोकन गरेका छन् । 

१ सय ७५ स्टल रहेको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । ब्राण्डिङ कम्पनीका स्टल मुख्य हलभित्र रहेका कक्षहरुबाट तथा साना कम्पनीहरु ट्रेसमा रहेका स्टलहमार्फत सुपथ मूल्यमा वस्तु तथा सेवाको बिक्री गरिरहेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्य समेत गरिरहेका छन् । 

क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले यसपटक अवलोनकर्ताको अनावश्यक भिडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरु आएको बताउनुभयो । उहाँले प्रदर्शनीस्थलमा प्रविधिमैत्री व्यवस्थापन गरिएको र धुलो, धुँवा एवं अनावश्यक होहल्ला कम गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया