हेटौँडामा वाग्मती प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु

 फागुन १०, २०७६ शनिबार १३:५४:६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौंडामा हेटौंडामा बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सुरु भएको छ । गाेष्ठीकाे संयाेजन गृहमन्त्रालय काठमाण्डाै र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरेको हो ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा सुरु भएको गोष्ठीमा १३ वटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, राष्ट्रिय अनुसंधानका प्रमुखहरु, प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखहरु लगायतकाको सहभागिता रहेको छ । 

सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रणको लागि विभिन्न योजना र उपाय, चीन र नेपालको सीमाना सम्बन्धि समस्या समाधानको लागि समीक्षा हुनेछ । 

गोष्ठीको समापनको लागि गृहमन्त्री रामबहादुर थापा आउने आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभएको छ । वाग्मती प्रदेशभित्रको सुरक्षा रणनीतिका बारेमा गृहमन्त्री थापाले विशेष निर्देशन दिने जनाइएको छ ।

गोष्ठीमा गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक , राष्ट्रिय अनुसन्धान विभाकको प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृतहरुको सहभागिता रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया