फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
धनुषा - मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रुपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको डोला उठाएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शुभारम्भ गर्नुभएको छ ।
नेपाल भारतकै सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको माध्यमिकी परिक्रमामा धनुषाको मिथिलाबिहारी नगरपालिकाको मन्दिरबाट श्रीरामको डोला र जनकपुरको रत्नसागर मन्दिरबाट सीताको डोलाको प्रमुख सहभागिता रहने गरेको छ ।
दुवै मन्दिरबाट उठाइएको डोला जनकपुरको हनुमान नगरमा रहेकाे हनुमान गढीबाट परिक्रमाका लागि सँगै उठेपछि प्रस्थानकाे औपचारिक शुभारम्भ हुने परम्परा रहँदै आएको छ ।
डोला उठाउने अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुने संकेत गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकार परिवर्तन हुने तर्फ संकेत गर्दै यसका लागि राजपा नेपालसँग आन्तरिक कार्यहरु भइरहेको बताउनुभयाे । उहाँले राजपा नेपालसँगको आन्तरिक गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने जानकारी दिनुभयो ।
मिथिला मध्यमा परिक्रमाले नेपाल–भारतको धार्मिक तथा सांस्कृतिक आदान प्रदानमा ठूलो योगदान पुर्याइरहेको बताउनु भयो । आफू पहिलो पटक प्रधानमन्त्री रहेको बेला परिक्रमा मार्गको लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उहाँले मिथिलाबिहारी परिषद् गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फागुन शुक्ल औंसी तिथिको दिन कचुरीबाट मिथिलाबिहारीको डोला लिएर सुरु हुने परिक्रमा साँझसम्म जनकपुरधाममा रहेकाे रत्नसागर मन्दिर पुग्दै हनुमाननगरमा विश्राम गरेर भाेलिपल्ट बिहानै भारतको कलनामा रहेकाे कल्याणेश्वर मन्दिरतर्फ लागि प्रस्थान गर्नेछन् ।
नेपालका धार्मिक तथा ऐतिहासिक ठाउँहरुको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी जम्मा १ सय २० किलोमिटर भू-भागको यात्रालाई मिथिला माध्यमिकी परिक्रमा भन्ने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।