प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने पक्राउ

 फागुन १२, २०७६ सोमबार १३:३६:३७ | सुमन गुरुङ
unn.prixa.net

कास्की – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पोखरामा कालो झण्डा देखाउन खोज्ने विद्यार्थी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा लगायत चार जना रहेका छन् । 

सोमबार पोखरा सभागृहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली आउने समयमा कालो झण्डा देखाउने तयारी गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

समाजवादी निकट विद्यार्थी समूहले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, यती समूहलाई सार्वजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए । 

पोखरा सभागृहमा सोमबार र मङ्गलबार प्रशिक्षण र बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली लगायतका नेता पोखरा आउनुभएको हो । 

अन्तिम अपडेट: चैत ८, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया