जीप 'ब्याक' गर्ने क्रममा कर्णाली नदीमा खस्याे, चालककाे ज्यान गयाे

 फागुन १३, २०७६ मंगलबार ११:४९:१७ | मनिराज पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कालीकोट – कालीकोटको रास्कोट नगरपालिकाबाट जितेगडाका लागि छुटेको जीप कर्णाली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । 

मङ्गलबार बिहान यात्रु झारेर लु १ ज ४१४१ नम्बरको जीप फर्काउने क्रममा कर्णाली नदीमा खसेको थियो । जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका ४ का १९ वर्षीय चक्रबहादुर खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया