मौसम : काठमाण्डौमा पानी पर्‍याे, बुधबारसम्म लम्बिने

 फागुन १३, २०७६ मंगलबार १७:९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले काठमाण्डौसहित देशभरको मौसम बदली भएको छ । 

अहिले मध्य, पूर्व र पश्चिमका केही ठाउँमा पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले काठमाण्डाैसहित केही ठाउँमा पानी परिरहेको छ । 

मंगलबार राति पनि केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ । यस्तै, बुधबार पनि काठमाण्डौसहित आसपासका ठाउँको मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । 

बुधबार मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने सम्भावना छ । पश्चिमका क्षेत्रमा भने बिहान मौसम सफा हुने र दिउँसोदेखि बदली हुँदै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो । 

पश्चिमी वायु र पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएकाले मौसम बदली भइ केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया