स्मृति दिवसमा रवीन्द्र अधिकारीकाे शालिक अनावरण

 फागुन १५, २०७६ बिहिबार १३:३३:४५ | सुमन गुरुङ
unn.prixa.net

कास्की - पोखरामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ ।

नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बनाउन सफल अधिकारीको निधन भएको एक वर्षको पुण्यतिथिमा पोखरा-१८ मा रहेकाे जामुनबोटमा बन्दै गरेको शहीद पार्कमा शालिक अनावरण गरिएको हाे ।

शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान, स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीलगायतले अनावरण गर्नुभएको हो । 

यसै सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार पोखरा सभागृहमा प्रथम स्मृति दिवस कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सम्बोदन गर्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारै पोखरा आउँदै हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया