प्याराग्लाइडिङ दुर्घटना : फ्रान्सेली नागरिक गम्भीर घाइते

 फागुन १५, २०७६ बिहिबार २०:२४:१३ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक फ्रान्सेली नागरिक गम्भीर घाइते भएका छन् ।

३५ वर्षीय फ्रान्सेली नागरिक सिमोन हेनरी बोरेईली ( Simon Henri Borellie प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा दुर्घटनामा परेका वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

घाइते सिमोनलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

भीरकोट नगरपालिका-५, स्वरेक मैदानबाट आफैँ प्याराग्लाइडिङ उडाएका सिमोन वालिङ नगरपालिका-११, डौंवाफाँटमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । 
। माथिबाट बजारिएको कारण उनलाई भित्री चोट लागेको हुन सक्ने प्रहरीकाे अनुमान छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया