जाँडरक्सी खाए/नखाएकाे परीक्षण स्थगित हुँदैन : एसएसपी ढकाल

 फागुन २१, २०७६ बुधबार १४:२१:१६ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै - ट्राफिक प्रहरीले सवारीचालकमा गर्दै आएको जाँडरक्सी खाए/नखाएकाे परीक्षण स्थगित नभएको प्रष्ट पारेको छ ।

कोरोना भाइरसको त्रासका कारण ट्राफिक प्रहरीले सवारी चालकमा गर्दै आएको जाँडरक्सी खाए/नखाएकाे परीक्षण स्थगित गर्ने भन्ने समाचार गलत भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी भीम ढकालले ब्रेथलाइजरबाट जाँडरक्सी खाए/नखाएकाे परीक्षण नियमित हुने जानकारी दिनुभयो ।

‘ब्रेथलाइजरबाट कुनै पनि रोगको सङ्क्रमण नहुने स्वास्थ्य विज्ञको सुझाव अनुसार हामी ढुक्क हिसाबले जाँडरक्सी खाए/नखाएकाे परीक्षणलाई निरन्तरता दिन्छौँ', एसएसपी ढकालले भन्नुभयो ।

ब्रेथलाइजरबिना श्वास जाँच्ने काम भने ट्राफिक प्रहरीले बन्द गरिसकेको भन्दै एसएसपी ढकालले ट्राफिक प्रहरीसँग जाँडरक्सी खाए/नखाएकाे परीक्षणका लागि पर्याप्त ब्रेथलाइजर पनि रहेको जानकारी दिनुभयो ।

यसअघि विसं. २०६८ मंसिर १७ गतेबाट सुरु भएको जाँडरक्सी खाएकाे कसुरअनुसार कारबाही गर्ने अभियानले सवारी दुर्घटना कम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र हरेक दिन बेलुका ७ देखि ८ बजेसम्म २६ ठाउँमा नियमित जाँडरक्सी खाए/नखाएकाे परीक्षण हुने गर्छ । राति १२ बजेदेखि बिहानसम्म भने १० ठाँउमा जाँडरक्सी खाए/नखाएकाे परीक्षण हुन्छ । 

जाँडरक्सी खाए/नखाएकाे परीक्षण अभियानबाट जाँडरक्सी खाएर गाडी चलाउनेको सङख्यामा कमी आएको भनिए पनि महानगरीय ट्राफिक प्रहरी माहाशाखामा सचेतना कक्षा लिन आउनेको सङ्ख्या घटेको छैन ।

अन्तिम अपडेट: चैत ३०, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया