पश्चिमी क्षेत्रका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

 फागुन २८, २०७६ बुधबार ८:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुधबार पश्चिमी क्षेत्रका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको असरले पश्चिमी तथा मध्य पहाडी क्षेत्रकाे केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ठाउँकाे मौसम भने आशिंकदेखि सामान्य बदली हुनेछ ।

बुधबार र बिहीबार कमजोर रहने पश्चिमी वायु शुक्रबारदेखि भने सक्रिय भएर देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पार्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच देशभरिकै तापक्रम बढेर गर्मी हुन थालेको छ । तापक्रम बढेसँगै बिहान बेलुकी चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया