सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – आउँदो आइतबारदेखि कोटेश्वर–कलङ्की सडकखण्डमा दायाँ–बायाँ लेन लागू हुने भएको छ ।
सार्वजनिक तथा कम गतिमा गुड्ने मालवाहक गाडीलाई सडकको बाँया तथा निजी र साना गाडी तथा मोटरसाइकललाई सडकको दायाँ लेनमा गुड्ने गरी व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एएसपी) भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
दुर्घटना कम गर्नको लागि लेनकाे नयाँ नियम लागू गर्न लागिएको उहाँको भनाइ छ । कोटेश्वरदेखि कलङ्कीसम्मको १० किलोमिटर सडकमा महिनामा ८० भन्दा धेरै गाडी दुर्घटना हुने गरेको ट्रफिक प्रहरीको तथ्याङ्क छ ।
महाशाखाले कोटेश्वर–कलङ्की सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ ।
महाशाखाले यसअघि भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म दायाँ–बायाँ लेन नियम लागू गरिसकेको छ ।