फोर्ब्स घोषणा : अमेरिकी खर्बपती एलन मस्क मानव इतिहासकै सबैभन्द...
मंसिर ९, २०८१ आइतबार
पर्वत - पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङमा सञ्चालित चनौटे सामुदायिक होमस्टेले गाउँमा पाहुना भित्रिन रोक लगाएको छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारी सँगै पूर्व सतर्कता अनुरूप होमस्टेमा पाहुना भित्रिन रोक लगाइएको हो । एक साताअघि जिल्ला प्रशासन कार्यालय पर्वतले सभा, समारोह गर्न र परिवारका सदस्यबाहेक अन्य व्यक्तिहरू सामूहिक रूपमा बस्न रोक लगाएपछि होमस्टे सेवासमेत बन्द गरिएको होमस्टे सञ्चालक गोलमान गुरूङले जानकारी दिनुभयो ।
शुक्रबार र शनिबार बिशेष गरी बढि पाहुनाहरू आउने गरेको र कोरोनाको प्रभाबले नियमितता दिन नसकिएको गुरूङले बताउनुभयो । दुर्लुङमा क्यानोनिङ खेल हेर्न र खेल्नका लागि आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । क्यानोनिङ खेलकाे रमाइलाेसँगै पाहुनाहरू होमस्टेमा बसेर गुरूङ संस्कृतिमा रमाएर फर्किने गरेका छन् ।
दुर्लुङको चनौटेसँगै मोदी गाउँपालिका-८, चित्रेमा सञ्चालित पञ्चकोशी होमस्टेमा पनि पाहुना भित्रिन रोक लगाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।