छोरा अपहरणमा परेको भन्दै झुटाे उजुरी दिने बुवा पक्राउ

 चैत १, २०७६ शनिबार १८:११:५८ | शुभनारायण यादव

सप्तरी - सप्तरीकाे डाक्नेश्वरी नगरपालिका ९ मा छाेरा अपहरणमा परेकाे भन्दै झूटाे उजुरी दिने बुवा पक्राउ परेका छन् ।

आफ्नाे १२ वर्षीय छाेरा अपहरणमा परेकाे भन्दै झुटाे उजुरी दिने जासर मियाँलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेकाे हाे ।अपहरणमा परेकाे भनिएका बालकलाई मियाँकै आफन्तकाे घरमा रहेकाे फेला पारेपछि उनलाई नियन्त्रणमा लिइएकाे हाे ।

कोठाभित्र सुतिराखेको अवस्थामा छाेरालाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले अपहरण गरेकाे मियाँले बयान दिएका थिए । बालकका बुवाले सुरक्षा बेश क्याम्प पथ्थरगाडामा मौखिक जाहेरी दिएपछि प्रहरीले तत्काल घटनाबारे अनुसन्धान सुरु गरेकाे थियाे ।

बालकले आफूलाई कसैले अपहरण नगरेकाे जवाफ दिएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया