कोरोनाको असर : मनकामना केवलकार चैत ८ गतेदेखि बन्द हुने

 चैत ६, २०७६ बिहिबार १६:२८:२४ | किरण लोहनी
unn.prixa.net

गोरखा - प्रशिद्ध धार्मिक स्थल मनकामना मन्दिरकाे केवलकार चैत ८ गतेदेखि बन्द हुने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै केवलकार शनिबारदेखि बन्द गर्न लागिएको केवलकार सञ्चालक मनकामना दर्शन प्रालिले जनाएको छ । 

चैत मसान्तसम्म केवलकार बन्द गर्ने निर्णय भएको प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले बताउनुभयो । सरकारले विद्यालय र क्याम्पसहरु चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेअनुसार त्यही अवधिसम्म केवलकार बन्द गरिने उहाँले बताउनु भयाे । 

केवलकार बन्द हुने अवधिभर कर्मचारीहरुलाई बिदा दिइने कायस्थले बताउनुभयो । अहिले मनकामना केवलकारमा ८४ जना कर्मचारी कार्यरत छन् । 

२२ दिन केवलकार बन्द हुँदा करिब ५ करोड बराबरकाे नोक्सानी हुने कायस्थले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया