यूएईमा भिसा सकिएर वा नेपाल फर्कन नपाएर समस्यामा पर्नुभएको छ ? दूतावासमा सम्पर्क गनुहोस्

 चैत १०, २०७६ सोमबार १५:४१:११ | उमाकान्त पाण्डे

यूएई – यूएईमा हुनुहुन्छ र भिसा सकिएर वा नेपाल फर्किन नपाएर समस्यामा पर्नु भएको छ भने नआत्तिनुहोस् । तपाईँंको कम्पनीले काम नदिएकोले खान बस्न समस्या भएको छ भने पनि सिधै आबुधाबीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्नुहोस् ।

दूतावासले समस्या समाधानमा सहयोग गर्ने भएको छ । यूएई सरकारले कोरोनाको कारण उत्पन्न परिस्थितीले कुनै पनि देशका नागरिकलाई समस्या पर्न नदिने र परेकालाई सम्बन्धित देशको दूतावासमार्फत समस्याको सम्बोधन गर्ने बताएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो ।

समस्यामा परेका नेपालीको संख्या दैनिक बढेकोप्रति दूतावासले आइतबार यूएईको पररास्ट्र मन्त्रालयमार्फत कुटनैतिक पत्राचार गरेको थियो । पत्रचारपछि सोमबार यूएईका विभिन्न निकायमा सम्पर्क गरेर समस्यामा परेका नेपाली नागरिकका विषयमा कुरा उठाएको र दूतावासमार्फत नै यसको समाधान गरिने पनि उहाँले बताउनुभयो।

दूतावासले त्यसरी समस्यामा परेका नेपाली नागरिकसँग विभिन्न माध्यममार्फत सम्पर्क गर्ने, उनीहरुको तथ्यांक राख्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गरी श्रम काउन्सिलर निर्मला थापालाई सम्पर्क व्यक्ति तोकेर काम गरिरहेको छ ।

कोरोनाका कारण उत्पन्न कुनै पनि परिस्थितीले समस्यामा परेको भए दूतावासको सम्पर्क नम्बर, दूतावासको फेसबूक पेज, सामाजिक संघसस्था तथा जुनसुकै माध्यममार्फत पनि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

4 Comments

  • Yadav

    June 21, 2020, 12:23 a.m.

    नमस्कार ...मेरो भीसा सकिएको अप्रिल २ मै हो , अहिलेसम्म रुममा बसेको छु , राजीनामा दिएको हो , भीसा क्यान्सिल भैसक्यो ..धेरै समस्या छ /

  •  0 Reply
  • Yubaraj tiwari

    May 7, 2020, 2:44 p.m.

    काम नभएको 2 महीना भो खान बस्न को समस्या भयो

  •  0 Reply
  • Kabin

    March 24, 2020, 4:58 a.m.

    Contact namber of nepali embassy for direct cal and if we want go npl what will be the process

  •  0 Reply
  • Bedraj neupane

    March 23, 2020, 4:52 p.m.

    0502987226 I want to go back nepal our company until 3month to didn’t pay I don’t money to eat so how I go

  •  0 Reply

तपाईको प्रतिक्रिया