धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ - अङ्ग्रेजी भाषाको शब्द ‘लकडाउन’ अहिले विश्वव्यापी चर्चा र प्रचलनमा छ । यति मात्र होइन, यो शब्द अहिले व्यवहारिक रुपमै अभ्यासमा पनि छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामसम्बन्धी उच्च स्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशलाई चैत १८ गतेसम्म ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सरकारले देशै ‘लकडाउन’ गर्ने घोषणा गरेको हो ।
नेपालले ‘लकडाउन’ को निर्णय गरेलगत्तै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि देशव्यापी ‘लकडाउन’ घोषणा गर्नुभएको छ । सोमबार राति सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री जोन्सनले आफ्ना नागरिकलाई घरमै बस्न आग्रह गर्नुभएको छ । अत्यावश्यक वस्तु किन्न वा जरुरी कामबाहेक घरबाट बाहिर ननिस्किन र दुई जनाभन्दा धेरै व्यक्ति भेला नहुन उहाँले निर्देशन दिनुभएको छ ।
पहिलो ‘लकडाउन’
चीनको हुवेई प्रान्तको वुहानमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिएपछि त्यहाँ ‘लकडाउन’ गरिएको थियो । कोरोना भाइरसको कारण भएको त्यो पहिलो ‘लकडाउन’ थियो जुन दुई हप्ताको लागि घोषणा गरिएको थियो । तर त्यो ‘लकडाउन’ एक महिनासम्म लम्बिएको थियो ।
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र ज्यान जानेको संख्या बढ्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको आइतबार भारतभरि ‘जनता कफ्र्यु’ लगाउनुभएको थियो भने सङ्क्रमण भेटिएका २२ वटा राज्यका ७५ जिल्लामा ‘लकडाउन’ घोषणा गरिएको छ ।
अमेरिकाका धेरै राज्य र सहरमा ‘लकडाउन’ घोषणा गरिएको छ । युरोपियन युनियनले यात्रा प्रतिबन्ध लगाएको छ भने कोरोनाकै त्रासको कारण इटाली, डेनमार्क, बेल्जियम, अल साल्भाडोर, पेरु, मलेसिया र फ्रान्स ‘लकडाउन’ भइसकेको छ ।
‘लकडाउन’को इतिहास
विश्व इतिहासमा महामारी फैलिएको बेला फैलिएको क्षेत्र वा देशलाई ‘लकडाउन’ गरिएका प्रमाणहरु पढ्न पाइन्छ । ‘लकडाउन’ शब्दको उत्पति कारागारबाट भएको मानिन्छ । कैदीहरुबीच झगडा वा हिंस्रक झडप हुन थालेपछि कैदीहरुलाई कारागारभित्र आफ्नै कोठामा ‘लकडाउन’ वा थुन्ने गरिन्थ्यो ।
यस्तै हिंसा, आतङ्कवादी आक्रमण वा आगलागी भएर विद्यालय, क्याम्पस वा अस्पतालमा आपत्कालीन अवस्था उत्पन्न भए त्यस्तो स्थानलाई ‘लकडाउन’ गर्ने चलन धेरै पुरानो छ । सामान्यतया ‘लकडाउन’ भएको क्षेत्र वा स्थानबाट बाहिर जान वा त्यस्तो स्थानमा प्रवेश गर्न दिइँदैन । कोरोना भाइरस नामक महामारीले गर्दा अहिले संसार नै ‘लकडाउन’ हुने अवस्थामा पुगेको छ ।
‘लकडाउन’ भनेको के हो ?
आपत्कालीन अवस्थामा आमनागरिकको जीउज्यान रक्षाको लागि ‘लकडाउन’ घोषणा गरिन्छ । ‘लकडाउन’ को सीधा अर्थ बन्द, तालाबन्दी वा ठप्प हो । जुन गाउँ, सहर, क्षेत्र, संस्था वा देशमा लकडाउन गरिएको हुन्छ, त्यो भूभाग ठप्प वा बन्द गरिएको हुन्छ ।
त्यस्तो अवस्थामा अनावश्यक रुपमा कसैलाई घरबाट बाहिर निस्किने अनुमति हुँदैन । नागरिकलाई औषधि र खाद्यान्न आपूर्तिका लागि मात्रै घरबाट बाहिर जान दिइन्छ ।
महामारी कोरोना भाइरसलाई रोक्ने सन्दर्भमा ‘लकडाउन’ भनेको आमनागरिक आफ्नो घरमै बस्नु हो । यो एक किसिमको सार्वजनिक विदाको अवस्था हो । ‘लकडाउन’ सम्बन्धित सरकार, सार्वजनिक निकाय वा प्रशासनले घोषणा गर्ने गर्दछ ।
‘लकडाउन’पछिको अवस्था
कुनै पनि व्यक्तिलाई आफ्नो घरबाट निस्किने अनुमति हुँदैन । गाउँ, सहर, जिल्ला वा देशकै सबै सीमा सील वा बन्द गरिन्छ । ‘लकडाउन’ भएको क्षेत्रमा सबै सरकारी, अर्धसरकारी, नीजि, बैँकिङ तथा वित्तीय संस्था बन्द गरिन्छ । अस्पताल, औषधि पसल र अत्यावश्यक वस्तु बिक्री हुने पसलबाहेक अन्य पसल बन्द गरिन्छ । खाद्यवस्तु पाइने किराना पसल, फलफुल र तरकारी पसल भने निश्चित समय तोकेर खुला राखिन्छ ।
‘लकडाउन’को नेपाली अनुवाद
‘लकडाउन’लाई नेपालीमा के भन्ने वा यसको नेपाली अनुवाद के हुन्छ भन्ने विषयमा सोधखोज जारी छ । अहिलेसम्म यसको कुनै अनुवाद सर्वस्वीकार भएको छैन । तर यस सम्बन्धमा धेरैले आआफ्ना धारणा राख्ने गरेका छन् ।
कसैले ‘लकडाउन’को नेपाली अनुवाद ठप्प भनेका छन् भने कसैले यसलाई बन्दको रुपमा अथ्र्याएका छन् । यसको सबभन्दा राम्रो नेपाली अनुवाद तालाबन्दी हो भन्नेहरु पनि छन् । ‘लकडाउन’को नेपाली अनुवाद जे भए पनि यो दुई प्रकारको हुन्छ – स्वेच्छिक ‘लकडाउन’ र बाध्यकारी ‘लकडाउन’ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय यादव राजनीति र समसामयिक विषयमा लेख्न रुचाउनुहुन्छ ।
Keshav Singh Dhami
March 26, 2020, 1:18 p.m.कोरोना भाइरस ले लिएको महामारीको समस्या छिटो भन्दा छिटो राम्रो होस् ।