छिटाे चुनाव गरेर सरकारले फजुल खर्च बढाउन खाेजेकाे नबुझिदिन...
माघ १२, २०७७ सोमबार
मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान भएको छ ।
दुर्घटनामा परेर मोरङ जिल्ला हरैचा नगरपालिका ८ बस्ने बिन्दा घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटरसाइकल चालक लिलामणि घिमिरे भने हेटौँडा ११ मा रहेको चुरेहिल हस्पिटलमा उपचाररत हुनुहुन्छ । घिमिरे दम्पती सवार मोटरसाइकल दिउँसो चितवनबाट हेटौँडातर्फ आउँदै गर्दा दुर्घटना भएको थियो ।
ना ६३ प ५६९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको नालीमा खसेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।