पोखरामा कोरोना भाइरस परीक्षण मेसिनको परीक्षण सफल

 चैत २०, २०७६ बिहीबार १५:२१:० | सुमन गुरुङ
unn.prixa.net

कास्की – गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु भएको कोरोना भाइरसको परीक्षण सफल भएको छ । मंगलबार बिहान ल्याइएको पीसीआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको र सफल भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो । 

बिहीबारसम्ममा ७ जनाको स्वाब परीक्षण गरिएको छ । ७ जना मध्ये १ जनाको नेगेटिभ रिपोर्ट आएको उहाँको भनाइ छ । बाँकी ६ जनाको परिक्षणकै क्रममा रहेको शर्माले जानकारी दिनुभयो । 

सुरुवाती समय भएकोले केही ढिला भएको उहाँको भनाइ छ । ‘७ जनाको परीक्षण गरिसकेपछी यकिनको लागि फेरी एकपटक काठमाण्डौ पठाउँछौ’, उहाँले भन्नुभयो, ‘हामी सुरुवाती समयमा छौ कन्फर्मको लागि केही स्याम्पल काठमाण्डौ पठाउन लागेका हौं ।’ 

गण्डकी प्रदेशको लागि ल्याईएको पीसीआर मेसिनमा अहिले कास्की, बाग्लुङ, म्याग्दीको बिरामीको स्वाब परीक्षण गरिएको छ । स्याङ्जाबाट पनि नमुना परीक्षणको लागि आउदै गरेको शर्माले बताउनुभयो । 

नयाँ पीसीआर मेशिनले १ घण्टामा १ जनाको कोरोना परीक्षण गर्न सक्छ । दर्ता गर्नुपर्ने स्याम्पल लिनुपर्ने हुदाँ दिनमा ७/८ वटा स्वाब परीक्षण गर्न सकिने उहाँको भनाइ छ । कोरोना जाँच्ने पीसीआर मेसिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा जडान गरिएको छ ।

मेसिन चलाउन काठमाण्डौबाट एक हप्ताको लागि २ जना दक्ष प्राविधिकहरु आएको बताउदै निर्देशक शर्माले पूर्ण सुरक्षाका साथ ल्याबबाट कोरोना परीक्षण हुने बताउनुभयो । 

पोखराका ल्याब टेक्निसियनहरुले सिक्दै गरेकोले आवश्यक परेको खण्डमा काठमाण्डौबाट आउनुभएको प्राविधिकहरु २÷३ महिना पोखरा बसेर सिकाउने बताउनुभयो । 

पीसीआर मेसिन पोखरा आउनु गण्डकी प्रदेशको जनताको लागि खुसीको कुरा भएको बताउँदै परीक्षणको लागि नमुना काठमाण्डौ पठाउनुपर्ने बाध्यता हटेकोले बिरामीले छिटो उपचार पाउने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया