अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
स्याङ्जा–विशेष क्लिनिकमार्फत ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको जिल्ला अस्पताल स्याङ्जामा आवश्यक उपकरण तथा सामाग्री नभएको भन्दै स्वास्थ्यकर्मी चिन्तित बनेका छन् ।
कोरोना भाइरसको रोकथामको लागि देशभर ‘लकडाउन’ गरिएपछि अस्पतालले रुघाखोकी लागेका बिरामीलाई लक्षित गरी छुट्टै ‘फिभर क्लिनिक’ निर्माण गरेको छ ।
जिल्ला अस्पतालमा दैनिक छ, सात जना ज्वरोका बिरामी आउने गरेका छन् । तर उनीहरुको ज्वरो नाप्न अस्पतालमा ‘थर्माेगन’ छैन । ‘थर्माेगन’ नहुँदा समस्या भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील मरासिनीले जानकारी दिनुभयो ।
पुतलीबजार नगरपालिकाले केही थान पीपीई उपलब्ध गराएपनि प्रयाप्त नभएकोले उपचारका क्रममा आफूहरुले असुरक्षित महसुस गरेको डाक्टर मरासिनीको गुनासोे छ ।
अस्पतालमा आउने बिरामीको अवस्थाबारे पहिले सोधपुछ गर्ने र रोगको प्रकृतिअनुसार परीक्षण गर्ने गरिएको जिल्ला अस्पतालका वरिष्ठ स्वास्थ्य अधिकृत माधवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
बिरामीहरुलाई २४ सै घण्टा सेवा दिइरहेको अस्पतालले जनाएको छ । ‘आवश्यक सामाग्रीको अभाव भएपनि हामीले बिरामीको परीक्षण निरन्तर गरिरहेका छौं,’ अधिकृत भट्टराईले भन्नुभयो ।
यस्तै वालिङमा पनि छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालन गरिएको ग्रह्रौं प्राथमिक अस्पतालले जनाएको छ । दैनिक ज्वरोका बिरामी आउने गरेको बताउँदै प्राथमिक अस्पतालले आवश्यकताअनुसार उपचार गरिएको जानकारी दिए ।
वालिङमा ज्वरो नाप्ने ‘थर्माेगन’ र केही थान पीपीई बाहिरबाट समेत आएको अस्पतालका वरिष्ठ स्वास्थ्य अधिकृत तथा सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
अस्पतालमा रहेको ‘थर्माेगन’ले ज्वरोका बिरामीको समेत ज्वरो नदेखाउने गरेको उहाँको भनाइ छ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।