पाँचथरमा आईसोलेशनमा रहेका ६ जनाको रिर्पोट 'नेगेटिभ'

 चैत २५, २०७६ मंगलबार ११:१७:५९ | उपेन्द्र येक्तेन
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पाँचथर – जिल्ला अस्पताल पाँचथरको आईसोलेशनमा उपचार गराइरहेका ६ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

कोरोना भाइरस (काेभिड १९) जस्तै लक्षण देखिएपछि उनीहरुको नमुना परीक्षणको लागि धरानमा रहेकाे वीपी काेइराला मेमोरियल अस्पतालको प्रयोगशालमा पठाइएको थियो । परीक्षणबाट उनीहरूमा कोरोना भाइरस नभएको पुष्टि भएको हो ।

६ जनाको रिपोर्ट नेगेटिभ आएपछि होम क्वरेण्टीनमा बस्ने गरी डिस्चार्ज गरिएको पाँचथर अस्पतालका डा. विशाल नेपालीले बताउनुभयो । उहाँका अनुसार ती ६ जनै विदशेबाट आएका हुन् ।

यसअघि पाँचथरबाट परीक्षणका लागि नमुना पठाइएका तीन जनाको रिर्पोट पनि नेगेटिभ आएको थियो । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया