रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
स्याङ्जा–कृषकले उत्पादन गरेका कृषि उपज नगरपालिकाले खरिद गरिदिएपछि वालिङका कृषकहरु उत्साहित भएका छन् ।
देशमा ‘लकडाउन’ चलिरहेको कारण कृषकले उत्पादन गरेका सामाग्रीहरु बजारसम्म पुग्न सकेका थिएनन् जसका कारण उनीहरु चिन्तित थिए । वालिङ नगरपालिका वडा नम्बर ६ का कृषक लोकबहादुर गुुरुङले भन्नुभयो, ‘मैले दुःख गरी लगाएको तरकारी नबिक्ने भो भन्दै चिन्ता मानेको थिए । तर नगरपालिकाले सबै तरकारी खरिद गरिदिएपछि हर्षित भएको छु ।’
यस्तै वडा नम्बर १४ का कृषक कमलापति डुम्रेको पनि खुसीको सीमा छैन । उहाँले भन्नुभयो, ‘सहज हुँदा त हामी आफैँले बेचेकै थियौँ । सरकार चाहिने भनेको यस्तै समस्या पर्दा हो । वालिङ नगरपालिकाले कृषकप्रति देखाएको सदासयता निकै उदाहरणीय छ ।’ नगरपालिकाका १४ वटै वडाका कृषकहरुले उत्पादन गरेका कृषि उपजलाई नगरपालिकाले खरिद गरी व्यवस्थापन गरिरहेको छ ।
‘गाउँगाउँका कृषि उपज बिक्री नभइ कृषक मारमा पर्ने अवस्था आउन नदिन उनीहरुको उत्पादन नगरपालिकाले खरिद गरी व्यवस्थापन गरिरहेका छौँ,’ नगर प्रमुख दिलिपप्रताप खाँणले भन्नुभयो, ‘कृषकहरुको मनोबल कम नहोस् भनेर हामीले यस्तो गरेका हौँ ।’
राहत सामाग्रीसँगै कृषकहरुबाट किनिएका तरकारीहरु मजदुर तथा अति विपन्न परिवारलाई उपलब्ध गराइएको नगरप्रमुख खाँणले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँगाउँमा कृषकका उत्पादनले बजार नपाउने तर विपन्न र मजदुरको लागि हरियो तरकारी अभाव हुने अवस्था हामीले आउन दिदैनौँ ।”
नगरपालिकाका कृषकले उत्पादन गरेका सामाग्री लिनका लागि कृषि शाखाका प्रमुख केशबहादुर थापा र पशु शाखाकी प्रमुख देवकुमारी श्रेष्ठसहितको टोली गाउँगाउँ पुग्ने गरेको छ । वडा तहमा कार्यरत दियालो युएनडिपी नेपालका कृषि प्राविधिक र स्वयंसेवकहरुले यसको लागि सहजीकरण गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।
अर्जुन परियार, बबई गापा ४ हापुरे, दाङ
April 10, 2020, 12:04 p.m.स्थानिय सरकारको भुमिका यस्तो पो हुनु पर्छ, उत्पादन गर्ने कृषक पनि खुसी, राहत पाउने गरिब पनि खुसी । यसरी जनताको भवना भुझ्न सक्ने सरकार भैदियो भने जनताले कहिले पनि अभाब झेल्नु पर्दैन ।