वाग्मती प्रदेशमा तीन हजारभन्दा धेरैकाे र्‍यापिड टेस्ट

 बैशाख ६, २०७७ शनिबार १५:५१:२५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशका १३ जिल्लामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट तीन हजार ७९ जनामा कोरोना भाइरस (काेभिड १९) को परीक्षण गरिएको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयले र्‍यापिड टेस्टमार्फत सबैभन्दा धेरै काठमाण्डौमा परीक्षण गरिएको जानकारी दिएको छ । काठमाण्डौमा ९ सय २३ जना, भक्तपुरमा एक सय ८३ जना, ललितपुरमा तीन सय २८ जना र रसुवामा २८ जनाको र्‍यापिड टेस्टमार्फत परीक्षण गरिएको छ ।

यस्तै नुवाकोटमा दुई सय ८७ जना, चितवनमा तीन सय ३० जना, सिन्धुलीमा एक सय ९२ जना, काभ्रेपलाञ्चाेकमा दुई सय २५ जना, सिन्धुपाल्चोकमा एक सय ४७ जनाकाे परीक्षण गरिएको छ । शुक्रबार मात्रै चार सय ५५ जनाकाे र्‍यापिड टेस्ट गरिएको मन्त्रालयले जनाएको छ ।

विशेषगरी कोरोनाको आशङ्का गरिएका र विदेशबाट फर्किएकाहरुलाई लक्षित गरेर र्‍यापिड टेस्ट गरिएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया