'कम्पनीले अहिले बिदा मिल्दैन भन्छ'

 बैशाख ८, २०७७ सोमबार १३:१५:७ | मेरो कथा मेरो भोगाई

जनकराज पाण्डे/नेपाल, हाल कतार ।

कतारमा सङ्क्रमितको सङ्ख्या दिनदिनै बढिरहेको छ । दैनिक चारदेखि पाँच सयको हाराहारीमा सङ्क्रमित बढिरहेका छन् । यसले गर्दा यहाँको बसाई निकै नै जोखिमपूर्ण बनेको छ ।

यहाँ सीमित औधोगिक क्षेत्रबाहेक बाँकी सबै ठाउँमा काम भइरहेको छ । पूर्णरुपमा लकडाउन नहुँदा हामी असुरक्षित महसुस गरिरहेका छौं । 

म एक खाद्य कम्पनी (फुड इण्डष्ट्री)मा काम गर्छु । यहाँ कोरोना सङ्क्रमणबाट जोगिन मास्क र पञ्जाबाहेक अन्य कुनै स्वास्थ्य सुरक्षाका उपाय अपनाइएका छैनन् । 

मार्केटभित्र काम भएकाले विभिन्न देशका धेरै मानिसहसँग सम्पर्कमा नआइ हुँदैन । काममा नगएर घरमै बस्यो भने कामबाट निकालिने डर छ । केही दिन बिदामा बस्छौं भन्दा कम्पनीले बिदा दिंदैन । कम्पनीले अहिले बिदा मिल्दैन भन्छ । 

अहिले त हामी जसोतसो गरेर काम गरिरहेका छौं । तर कतै भाइरसले छोइहाल्यो भने के गर्ने होला भनेर चिन्ता भइरहन्छ ।

यहाँको सरकारले त नियम पालनाका कुरा गर्छ । तर कम्पनीहरुले केही पनि पालना नगरेको देखिन्छ । सामाजिक दूरीको पालना गरेको देखिंदैन । यस्तै हो भने भोलि झन् गाह्रो हुने पक्का छ ।

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया