कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
गुल्मी - गुल्मीको शान्तिपुरमा आगलागी हुँदा १६ वर्षीय समीर खनालको ज्यान गएको छ ।
गुल्मीको चन्द्रकोट-४ शान्तिपुर व्यापार गर्दै आउनुभएका बाग्लुङ वरेङ्ग गाउँपालिका-३ का वडाध्यक्ष पूर्ण खनालको घरमा आगलागी भएको हो । आगलागीबाट उहाँको पसल र घरमा क्षति भएको छ ।
आगलागीमा परेर पूर्ण खनाल र रुपा खनालसहित ३ जना घाइते भएका प्रहरीले जनाएकोे छ। घाइतेको उपचारका लागि पाल्पा पठाइएको छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय शान्तिपुरको टोलिले आगो नियन्त्रणमा लिएको हो।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।