विदेशमा पैसा त सबैले देख्छन्, परदेशीको पीडा कसैले देख्दैनन्

 बैशाख ११, २०७७ बिहिबार १६:५६:१७ | मेरो कथा मेरो भोगाई

धनीराम रेग्मी/दैलेख, हाल मलेसिया ।

सबैभन्दा पहिला त मेरो परिवार र आफन्तलाई म मलेसियामा सुरक्षितसँग बसिरहको छु भन्न चाहान्छु । कोरोनाको डर छ । सङ्क्रमणको जोखिम पनि छ । तर अहिलेसम्म आफूलाई जोगाएको छु ।

यहाँको अवस्था नाजुक नै छ । मेरो त कम्पनीमा कम चलिरहेको छ । तर कतिपय कम्पनीहरु बन्द भएको छ ।

साथीभाइ कम्पनीमा काम नहुँदा चिन्तामा हुनुहुन्छ । काम नभएपछि कम्पनीले खानको समेत व्यवस्था गरिदिएका छन् । 

मलेसियामा सङ्क्रमितको सङ्ख्या केही समय त ह्वात्तै बढेको थियो । तर अहिले त्यस्तो छैन ।

निको हुनेको सङ्ख्या पनि निकै छ । धेरै जना निको भएका सुन्दा मनमा आँट पलाउँछ ।

यो समयमा खानपिन र स्वास्थ्य सुरक्षाको व्यवस्था आफैंले गनुपर्ने भएकाले हामीलाई गाह्रो छ ।

सामान किन्न जाँदा पनि डरैडर छ । एक त कोरोनाको डर भइहाल्यो । अर्को कुरा भनेको प्रहरीले समात्ला कि भन्ने पनि चिन्ता हुन्छ ।

आफैंले सामान नकिन्ने र कम्पनीको भर पर्ने हो भने त भोकै मर्ने अवस्था आउँछ ।

के गर्न सकिन्छ र हामी त अर्काको देशमा छौं अरुले भनेको मान्नै पर्‍यो । यहाँको नियम मान्नै पर्‍यो ।

आफ्नो देश भए पो आफ्नाले कुरा बुझ्छन् भन्नु । देशबाट टाढा परदेशमा अनेक चिन्ता छ । दुःख छ । परदेशमा पैसा त सबैले देख्छन्, तर परदेशीको पीडा देख्दैनन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया