चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ - हामीले निकै ठूलो संघर्ष र बलिदान गरेर लोकतन्त्र ल्याएको १३ वर्ष पूरा भएको छ । राजतन्त्रमा नागरिक अधिकार हनन भयो, राज्यको दोहन भयोे, कुशासन र स्वेच्छाचारिता मौलायो, नागरिक अधिकार हनन भयो भनेर हामीले अर्को शासन प्रणाली खोजेका हौँ । सयौँको बलिदान, हजारौँ घाइते र लाखौँको योगदानको सहयोगमा देशमा लोकतन्त्र आयो ।
लोकतन्त्रपछि नागरिकको जीवनमा सकारात्मक परिवर्तन आउला, राज्यले नयाँ काँचुली फेर्ला, राजनीतिक नेतृत्व नागरिकप्रति उत्तरदायी र जिम्मेवार होला भन्ने धेरैको आशा थियो, त्यै आशकै कारण मानिस ज्यानको बाजी थापेर आन्दोलनमा होमिएका थिए । तर अब त पक्कै राम्रो होला भनेर ल्याएको लोकतन्त्रको १४ वर्ष लाग्दा पनि नागरिकले खै के पायौँ र भन्ने अवस्था रहिरहनु दुखद छ ।
नागरिकले केही गर्दैछन्, राज्यको उपस्थिति देखिएन
लोकतन्त्रपछि समाजमा खुलापन आएको छ, नागरिक खुलेर बोल्न पाएका छन्, सामाजिक सञ्जालदेखि मिडियााम नागरिकले आफ्नो कुरा राखिरहेका छन् । तर नागरिकले केवल बोल्न मात्रै पाए, अरु पाएनन् ।
केही समय पहिले म दक्षिणकालीको बाटो हुँदै उपत्यका बाहिर पुगेको थिएँ, नयाँनयाँ रिसोर्ट खोलेका छन्, कृषि कर्म गरेका छन्, सानातिना उद्योग खोलेका छन् । नागरिकले आफूले गरेका छन्, तर सरकारले गर्ने कुरा खास केही पनि नगरेको देखेँ । दक्षिणकालीको बाटो त्यसरी बिग्रेको १५-१६ वर्ष भयो होला, खै राज्यको ध्यान नै पुगेन । बाटोघाटोमा मात्र होइन राज्यले दिने सेवामा कतै पनि चित्त बुझाउने ठाउँ छैन । सेवा प्रवाहको गति सुध्रन सकेन ।
हामी शहरमा घर हुनेहरुका लागि सरकारले गर्नुपर्दैन, हामीले नै गछाँै, पानी आउँदैन, हामीले ट्यांकरबाट किनेर काम चलाउँछौँ । हामीलाई सरकारको सहयोग चाहिएन । तर, आम नागरिकले त यसरी हरेक कुरा आफैले जोहो गर्न सक्दैनन्, जसलाई सरकारको धेरै आवश्यकता पर्ने हो, त्यसले सरकारको आडभरोसा नै पाएन । ए लोकतन्त्र यस्तै पो हो ? भनेर नागरिकमा उल्टो वितृष्णा उत्पन्न हुन लागेको छ, जुन एकदमै दुखलाग्दो कुरा हो ।
लोकतन्त्र त भ्रष्टाचारीलाई आदर गर्नलाई ल्याएजस्तो भयो
राजाको पालामा केही डर थियो । राम्रो भए पनि नराम्रो भए पनि नेताहरुमा राजाले केही गर्लान कि, के जवाफ दिने होला भन्ने डर थियो । तर अहिले डर भन्ने कुनै पनि नेतालाई छैन । मनलाग्दी गरेका छन् । नागरिकको त डर मान्नुपर्ने हो नि, तर उनिहरु कसैको डर मान्दैनन ।
भ्रष्टाचार भन्ने कुरा सामान्य विषय जस्तो भइसक्यो । भ्रष्टाचारका ठूलाठूला काण्ड आउँछन्, तर सरकारले फिटिक्कै जवाफ दिँदैन । उल्टो उनीहरुको संरक्षण र आदर गरेको देखिन्छ ।
पहिले भ्रष्टाचार भन्नेबित्तिकै कत्रो ठूलो कुरा हुन्थ्यो, उसलाई समाजले छिछि दुरदुर गथ्र्यो । मेरै बुबाका एकजना साथीले भ्रष्टाचार गरेछन्, त्यो थाहा भएपछि उनीप्रति समाजको सोच नै नकारात्मक भएको मलाई सम्झना अझै छ । मैले पनि उनलाई नमस्कारसमेत गरिन । भ्रष्टाचारीलाई किन नमस्ते गर्नु ? भन्ने सोच आउँथ्यो ।
तर अहिले त लाख, करोड होइन अरबाँै रुपैयाँ भ्रष्टाचार भएका काण्ड आउँछन् । तर सरकारले उसैलाई संरक्षण गर्ने, भ्रष्टाचारीकै स्वर बलियो हुने, भ्रष्टाचारीले नागरिकलाई हेप्ने दिन आएका छन् । यसो गर्दा त लोकतन्त्र भ्रष्टाचारीलाई सम्मान गर्ने ब्यवस्था पो लोकतन्त्र रहेछ कि भनेर आम नागरिकले बुझ्ने दिन आए । भ्रष्टाचारीलाई आदर गर्न त लोकतन्त्र ल्याइएको होइन नि ।
निर्वाचन प्रणाली नै फेर्न जरुरी छ
अहिलेको निर्वाचन प्रणाली नै खराब हो जस्तो देखिन थालेकोे छ । निर्वाचनमा उम्मेदवार हुन नैतिक व्यक्ति चाहिन्न, पैसा भएको भए पुग्छ । निर्वाचन भनेको धनको खेलजस्तो भैसक्यो । एउटा निर्वाचन जित्न करोडौँ रुपैयाँ चाहिन्छ । तपाइँ हामी सर्वसाधारण कुनै पनि निर्वाचनमा भाग लिन सक्दैनौँ । करोडौँ रुपैयाँ खर्च गरेर जितेपछि जित्नेले आपूmलाई आर्थिक रकम सहयोग गरेकालाई गुन लगाउन थाल्छ । भ्रष्टाचारको उपहार दिन थाल्छ । चुनावकै खर्च उठाउनपनि भ्रष्टाचार नगरी नहुने दिन आउँछ । त्यसैले हाम्रो निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बेला आएको जस्तो लाग्छ ।
जेल बसेका सबै राम्रा हुँदैनन
हरेक सभासमारोहमा म यति वर्ष जेल बसेँ भन्दै हाम्रा नेता, मन्त्रीहरुले भाषण ठोक्छन् । मलाई के लाग्छ भने जेल बस्दैमा दूधले नुहाएको हुँदैन । पार्टीको कुनै सिद्धान्तको निम्ति जेल बसेका नेताहरुले अहिले पनि त्यही ब्याज खाइरहनु उचित होइन । नैतिकता जाँच्ने कसी जेललाई बनाएर नागरिकलाई भ्रममा राखेको देखिन्छ ।
सिँगापुर बनाउने लि क्वान यु त जेल बसेका होइनन्, तर सिँगापुर कहाँ पु¥र्याए, अहिले न्युजिल्याण्डकी ३९ वर्षकी महिना प्रधानमन्त्रीलाई हेर्नुहोस त, उनी जेल बसिनन् तर संसारले तारिफ गर्ने काम गरिरहेकी छिन् । देश बनाउनलाई जेल बस्नु र नबस्नुसँग सरोकार हुँदैन, काम र नैतिकतासँग सरोकार हुन्छ ।
केपी ओली यो तहसम्म झर्ने कल्पना गरेको थिइनँ
देशमा लोकतन्त्र आएको लामो समयसम्म पनि स्थायित्व भएन । दलहरुको टुटफुट भयो । केही महिनामै सरकार फेरिने अवस्था थियो । यसलाई हटाउन निकै लामो बहस र छलफल गरेर संविधान मै पार्टी फुटन गाह्रो हुने व्यवस्था राखियो । नागरिकले खुशी माने र त्यो अस्थिरता टुटफुट र फोहोरी राजनीति अब नहोला भन्ने आशा गरेका थिए । केही हदसम्म त्यसो भयो पनि ।
तर त्यत्रो बहस गरेर संविधानमै लेखिएको कुरालाई केपी ओली जीले बन्द कोठाबाट फ्याट्ट हटाइदिनुभयो, राष्ट्रपतिले सुटुक्क लालमोहर लगाइहाल्नुभयो । राम राम राम, मैले त केपी ओली यो हदसम्म झर्नुहोला भनेर कहिल्यै कल्पना पनि गरेको थिइनँ । उहाँले केही राम्रो गर्नुहोला कि भन्ने आशा थियो । तर नागरिकलाई त उहाँले रैती सम्झनुभयो । तिमिहरु को नै हो र भन्ने हिसावको व्यवहार गर्नुभयो ।
नेतृत्व भनेको एकजना मात्रै दौड्ने होइन । सबैलाई सँगै लैजाने हो । प्रतिपक्षीलाई पनि डोहो¥याउने हो । तर उहाँले त आफ्नै पार्टीका नेतालाई पनि नगन्ने, नेताहरुले भनेका कुरा नै नसुन्ने । मैले यो कल्पना पनि गरेको थिइनँ । यो एकदमै अलोकतान्त्रिक काम भएको छ ।
तिमीहरु को हो र सुझाव लिनलाई भन्ने व्यवहार भएको छ
पछिल्लो समय नागरिक समाज सुस्ताएको हो कि भन्ने गुनासो सुनिन्छ । मजस्ता बुढापाका बोल्न छाडे भनेको पनि सुन्छु । तर हामीले विकृतिको विरुद्ध बोलेका बोल्यै छौँ । तर, हाम्रो कुरा कस्ले सुन्ने ? यी बुढाहरु को हुन् र ? भन्ने खालको व्यवहार भइरहेको छ ।
म टोकियोबाट फर्किएपछि बारम्बार विकृतिविरुद्ध आवाज उठाएको छु । कहिले पूर्व उपकुलपतिसँग, कहिले पूर्व प्रधानन्यायाधीशसँग, कहिले प्राध्यापकहरुसँग, कहिले बौद्धिक समाजसँग मिलेर हामीले सरकारले गलत गरेको ठाउँमा खबरदारी र गलत नहोस भनेर सुझाव दिएकै छौँ । तर एउटै कुरा पनि सुनुवाइ हुँदैन । मेरो यो उमेरमा कुनै स्वार्थ छ र ? मलाई केहि अपुग छैन । कसैलाई गाली गरेर केही पाउँला भन्नु छैन ।
देश समाज राम्रो बनोस भनेर आवाज उठाउँछु, तर सत्तापक्षबाट त कुनै रेस्पोन्स आउँदैन । यी बुढाहरुले बोलेको धेरै भयो, यीनिहरुका कुरा ठिक हुन सक्छन, एकपटक छलफल गरौँ भन्नेसम्म सोच्दैनन् ।
मैले देखिरहेको छु, अहिले देश ऐया ऐया भन्ने अवस्थामा पुगेको छ । देश दुखेको छ । हामी त बुझ्छौँ व्यवस्था खराब होइन नेतृत्व खराब हो । तर नागरिकले व्यवस्था वा प्रणाली नै यस्तो घिनलाग्दो रहेछ भनेर वितृष्णा जगाइरहेका छन्, यो कसैको लागि पनि राम्रो संकेत होइन ।
(पूर्व राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं नागरिक अगुवा माथेमासँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
माथेमा पूर्व राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं नागरिक अगुवा हुनुहुन्छ ।