प्रिक्सा टेक्नोलोजिजको पोमेलो एचआरएम सफ्टवेर बजारमा

 बैशाख १२, २०७७ शुक्रबार १९:२५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रिक्सा टेक्नोलोजिजले हालै पोमेलो एचआरएम नामको मानव संसाधन व्यवस्थापन प्रणाली सफ्टवेर बजारमा ल्याएकोछ। प्रिक्साले यस सफ्टवेरको सुरुवातसंगै साइनअप गर्ने सम्पूर्ण युजरलाई ६ महिनाको लागि निस्शुल्क सुविधाहरु उपलब्ध गराउने जानकारी दिएकोछ।

पोमेलो एचआरएम एउटा शक्तिशाली तर सहज मानव संसाधन व्यवस्थापन प्रणाली भएको र यसले साना स्टार्टअपहरुदेखि ठूला कम्पनीहरूमा मानव संसाधन जानकारी र डाटा प्रबन्धनमा उनीहरूको कामलाई अनुकूलन गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

विश्वस्तरीय प्रविधि तथा आर्तिफ़िसिएल इन्टेलिजेन्सको प्रयोग हुनु यस सफ्टवेरको मौलिक विशेषता हो।

पोमेलोले अहिले २० भन्दा धेरै कम्पनीहरुलाई सुविधा दिँदै आएको छ भने प्रिक्साले सफ्टवेरको सुरुवातसँगै प्रयोगकर्तालाई ६ महिनाको लागि नि:शुल्क सुविधाहरु उपलब्ध गराउने जानकारी दिएकोछ ।

विशेषगरी अहिलेको लकडाउनको समयमा धेरै कम्पनीहरुले घर बाटै काम गर्ने प्रणाली आत्मसाथ गरेको अवस्थामा यस सफ्टवेरले धेरै मद्धत पुर्याएको यसका उपभोक्ताहरुले जनाएका छन्।

प्रिक्सा टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनिष शर्माका अनुसार यो नयाँ प्रणालीले एचआर डाटाको कुशल व्यवस्थापनको लागि विस्तृत अनुप्रयोग र कार्यक्षमता प्रदान गर्दछ।

यस सफ्टवेरले कम्पनीहरुलाई वास्तविक समयमा हाजिरी डाटा अनुगमन गर्न, कार्य ट्र्याकिंग सुविधाहरूमार्फत योजना व्यवस्थापन गर्न, तलब भुक्तानी हिसाब गर्न तथा डाटाको बहुमूल्य अन्तर्दृष्टि र गहन विश्लेषण प्राप्त गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

यस सफ्टवेरको यूजर इन्टरफेस निकै मैत्रीपूर्ण र नेभिगेट गर्न धेरै सजिलो छ। यसले मानव संसाधन प्रबन्धकहरू लाई कामदारहरू सिर्जना, बिदा व्यवस्थापन, कार्यहरू सिर्जना र व्यवस्थापन, गतिशील पेरोल गणना तथा प्रदर्शन समीक्षाको लागि मूल्यांकन गरी द्रुतगतिमा कम्पनी सञ्चालन गर्न सहयोग गर्ने कम्पनीको दावी छ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

2 Comments

  • Kabindra dhakal

    April 26, 2020, 7:52 a.m.

    यसको बारेमा थप जानकारी पाउँ /

  •  0 Reply
  • umakant sah

    April 26, 2020, 6:09 a.m.

    9845681223

  •  0 Reply

तपाईको प्रतिक्रिया