सुन्दरबजार नगरपालिकाले अलपत्र परेका २ सयभन्दा बढी मजदूरलाई घर पठायो

 बैशाख १२, २०७७ शुक्रबार २०:४२:१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको सुन्दरबजार नगरपालिकाले अलपत्र परेका २ सयभन्दा बढी मजदुरलाई आफ्नो नगर बसमा घर पठाएको छ ।

देशका विभिन्न ठाउँबाट यस क्षेत्रमा आई ज्यालारमजदुरी गर्दै आएका,  लक डाउनका कारण समस्यामा परेका र घर जान चाहेकालाई गरि हालसम्म २ सय ६ जना मजदुरलाई नगर बसमा निस्शुल्क घर पठाईएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चुणामणी शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रवार मात्रै नगरपालिकाले एउटा नगर बसमा सिन्धुलीका २७, उदयपुरका ५ र बाराका १३ जना गरि ४५ जना मजदुरलाई घर पठइएको छ । यसअघि नगरपालिकाले ९६ र ६५ जनालाई घर पठाईसकेको छ । यस्तै, जिल्लाका अन्य पालिकाहरुले पनि अलपत्र परेका मजदुरलाई घर पठाउन थालेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया