लमजुङको दोर्दी गाउँपालिकाले २ सय ५३ मजदूरलाई घर पठायो

 बैशाख १४, २०७७ आइतबार १९:५:१३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङको दोर्दी गाउँपालिकाले २ सय बढी मजदूरलाई घर पठाएको छ । 

विभिन्न क्षेत्रबाट लमजुङमा आएर ज्याला मजदूरी गर्दै आएका र लकडाउनका कारण समस्यामा परेका २ सय ५३ मजदूरलाई गाउँपालिकाले गाडीको व्यवस्था गरी घर पठाएको गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार मात्रै गाउँपालिकाले बाँके, बर्दिया, काठमाण्डौ, रुपन्देही, दोलखा, रौतहट, कैलाली, कन्चननपुर, भोजपुर, इलाम र हेटौंडाका गरी १ सय १३ जनालाई घर पठाइएको छ । 

गएको शुक्रबार गाउँपालिकाले १ सय ४० मजदूरलाई घर पठाइसकेको छ । अन्यत्रबाट यस क्षेत्रमा आई ज्याला मजदूरी गर्दै आएका, समस्यामा परेका र घर जान चाहेका अन्य मजदूरलाई पनि गाउँपालिकाले घर पठाउन सक्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • कृष्ण हरि घिमिरे

    April 26, 2020, 7:18 p.m.

    दोर्दी गाउँ पालिका अध्यक्ष ओम बहादुर गुरुङ हुनुहुन्छ, दिल बहादुर घले होइन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया