बारामा दाल कालोबजारी गरेको आरोपमा तीनवटा उद्योगका सञ्चालकसहित पाँच जना पक्राउ

 बैशाख १४, २०७७ आइतबार २०:३१:६ | जयनारायण यादव
unn.prixa.net

बारा - प्रहरीले दाल कालोबजारी गरेको आरोपमा तीनवटा उद्योगका सञ्चालक सहित पाँचजनालाई पक्राउ गरेको छ ।

प्रहरीले परवानीपुर गाउपालिका-४ मा रहेको नारायणी मोडर्न पल्सेस ईण्ड्स्टिजका सञ्चालक मोहनलाल अग्रवाल र प्रतिनिधि सुनिल शर्मा, छातापिप्रामा रहेको कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक पवन कुमार साह र प्रतिनिधि सुरेश साह तथा लिपनीमालमा रहेको महाबीर ओभरसिज प्रालिका प्रतिनिधि सन्तोष झालाई पक्राउ गरी कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।  

प्रतिकिलो ८० देखि ८५ रुपैयाँ पर्ने मुसुरोको दाल लकडाउनको मौका छोपी तीनवटै उद्योगले ९४ देखि ९८ रुपैयाँमा बिक्री गर्ने गरेको सूचनाको आधारमा उद्योगीसहितका प्रतिनिधिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी गराउनु भयो ।

 

उनीहरुमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऎन २०३२ अनुसार कारबाही अगाडि बढाइको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार साँझ पाँच बजे पक्राउ गरिएका कारण आज समय नभ्याएकोले सोमबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराइ प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया