कालिकोटमा कोरोना सङ्क्रमणबाट बचाउन साबुन वितरण

 बैशाख २१, २०७७ आइतबार २१:२४:४६ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - कालिकोटको पलाँता गाउँपालिकाले स्थानीय नागरिकलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन साबुन वितरण गरेको छ । 

नियमित साबुन पानीले हात धुने, कोरोनाको सङ्क्रमणबाट बच्ने र सरसफाइ गर्ने बानीको विकास गर्न साबुन वितरण गरिएको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो । 

कोरोनाविरुद्धको सचेतना फैलाउन गाउँ–गाउँमा सन्देशमूलक सामग्रीहरु राखिएको छ । गाउँपालिकाले मिसन इस्ट र किर्डाक नेपालको सहजीकरणमा वडाका स्वास्थ्य संस्थालाई सर्जिकल माक्स दुई सय ५० पिस, झोलवाला साबुन ३० पिस, टुटीसहितको बाल्टीन पाँच वटा, स्यानिटाइजर १५ पिस र डिस्पोजल ग्लोब एक पेटी  वितरण गरेको हो । 

पलाँता गाउँपालिकाका दुई हजार ६ सय ४१ घरधुरीलाई प्रतिघरधुरी ६ पिस नुहाउने र दुई पिस कपडा धुने साबुन वितरण गरिएको पलाँता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयो ।

गाउँ पालिकाले भारत र जिल्लाबाहिरबाट फर्किएकाहरुलाई घरमै सुरक्षित बस्न भनेको छ । क्वरेण्टीनमा राख्दा मापदण्ड नपुग्ने र स्थानीय झन् बिरामी पर्ने भएकाले स्थानीयलाई नियमित तातो, झोलिलो र पोषिलो खानेकुरा खान सल्लाह दिएर घरमै पठाइएको गाउँपालिका अध्यक्ष बमले बताउनुभयो । 

गाउँपालिकाले कारोना रोकथामका लागि प्राप्त तयारी गरिरहेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया