‘अन्नपूर्ण’ दोहा उड्न तयार, १८ हजार रुपैयाँमै दोहोरो टिकट पाइने

 साउन १४, २०७५ सोमबार १७:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी जहाज अन्नपूर्णले सञ्चालन अनुमतिपत्र एओसी पाएसँगै अन्तर्राष्ट्रिय उडानको लागि बाटो खुलेको छ । 

नेपाल नागरिक उड्ययन प्राधिकरणबाट एओसी पाएपछि साउन १६ गते अर्थात आउँदो बुधबार कतारको दोहाका लागि उडान गर्न जहाज तयार भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘एओसीसँगै अन्य सबै प्राविधिक पक्ष र पाइलट पनि उडानका लागि तयार छन्, बुधबार राति निगमको अन्नपूर्ण जहाजले पहिलो व्यवसायीक उडान गर्नेछ’, प्रवक्ता श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो । 

असार १४ गते काठमाडौं अवतरण भएको निगमको जहाजमा २ सय ७४ सिट रहेका छन् । निगमले ग्राहक आकर्षण गर्न काठमाडौं–दोहाको दोहोरो टिकटको मूल्य जम्मा १८ हजार रुपैयाँ तोकेको छ । याे भाडामा कर भने समावेश गरिएकाे छैन । साथै निगमले एकतर्फी भाडा कररहित ११ हजार ताेकेकाे छ । यसमा ५० किलो लगेजमा पनि थप भाडा लाग्नेछैन । 

निगमले भित्राएको अर्को वाइडबडी मकालुले पनि एओसी प्रमाणपत्र पाउन र अन्य प्राविधिक जाँचको लागि तयारी थालिसकेको पनि निगमले जनाएको छ । नयाँ २ वटा वाइडबडीले सुरुमा दोहा, दुवइ, बैंकक लगायतका गन्तव्यमा उडान गरे पनि चाँडै नै जापान र कोरिया उडान थाल्ने निगमको दावी छ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया