झन्डै १६ लाख जना लाइसेन्सकाे पर्खाइमा, दैनिक ५ हजार छापिरहेकाे सरकारकाे दाबी

 बैशाख २१, २०८१ शुक्रबार ९:४६:९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै –  झन्डै १६ लाख नागरिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा रहँदा सरकारले दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेको दाबी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले लाइसेन्स वितरणलाई चुस्त र प्रभावकारी बनाउने काम भइरहेको दाबी गर्नुभएको हो । हिजाे प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उहाँले लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेका जानकारी दिनुभयो ।

यसअघि विभिन्न कारणले लाइसेन्स छपाइ बन्द भएकोमा झन्डै एक महिनादेखि भने दैनिक पाँच हजारसम्म लाइसेन्स छपाइ भइरहेको उहाँको भनाइ छ । लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन ग्लोबल बोलपत्र आह्वान गरेर नयाँ प्रविधि थपेर छपाइ र वितरणलाई तीव्रता दिने बताउँदै महासेठले अहिलेकै गतिमा छपाइको काम भए एक वर्षभित्र कामले पूर्णता पाउने बताउनुभयो ।

लाइसेन्सका लागि दुई वर्षअघि परीक्षा पास गरेका तथा नवीकरणका लागि आवेदन दिएकाको मात्र अहिले छपाइ हुने गरेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया