मलेसियामा भिसाबारे नयाँ प्रावधान : लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कने अवसर

 बैशाख २५, २०७७ बिहिबार १६:२९:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र टिकटसहित स्वदेश फर्कने अवसर दिने भएको छ । यसरी स्वदेश फर्कन चाहनेले कुनै जरिवानाबिना मे १२ देखि २६ सम्म स्वदेश फर्कन सक्नेछन् । मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउन पर्ने छैन ।

लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिनेछ । भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै powerq एप मार्फत समय लिनु पर्नेछ ।

यो एप मोवाइलमा भएको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । पुत्रजया बाहेक अन्य राज्यमा आवेदन दिन परेमा https://sto.imi.gov.my/ गएर अगाडि नै समय बुक गर्नु पर्नेछ । त्यसका लागि सबैले आफ्नो कम्पनीको सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नुपर्छ ।

सबै विदेशी नागरिकले भिसा सम्बन्धि सबै काम अनलाइनमार्फत अगाडि नै अपोइन्टमेन्ट लिएर गर्नुपर्ने हुँदा अनलाइन अपोइन्टमेन्ट नलिइ सिधै गएमा आवेदन दिन नपाइने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

यस्तै, साउदीले पनि सबै देशका आप्रवासीलाई स्वदेश फर्कन पाउने बाटो खुल्ला गरिदिएको छ । यसका लागि साउदीको गृह मन्त्रालयको Absher भित्रको Awdah Service Portal सबैका लागि खुल्ला गरिएको छ । Final Exit (Only) Visa, Exit & Re Entry Visa, Visit Visa लगायत भ्यालिड भिषा हुनेहरूले यसमा गइ अनलाइन आवेदन दिन सक्नेछन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया